• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामुदायिक भवनमा भुसे इटाको प्रयोग, उपभोक्ताहरुको विरोधमा निर्माण कार्य रोकियो




घोराही उपमहानगरपालिका वडा नं. १६ अन्तर्गत ज्ञानोदय टोल विकास समितिको सामुदायिक भवनको निर्माण कार्य लामो समयदेखि रोकिएको छ । नियम विपरीत ठेक्कामा दिइएको र मापदण्ड विपरीत गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको हुँदा उपभोक्ताहरुले निर्माण कार्य रोकेका हुन् ।

वडा कार्यालयले सामुदायिक भवन निर्माणका लागि रु. ५ लाख बजेट विनियोजन गरेपछि गतवर्षको असोज २५ गते मेघबहादुर विसीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो । शुरुमा भवन निर्माणमा निकै उत्साहित टोलवाबासीले जग खनेर निर्माण कार्य शुरु गरेका थिए । तर अध्यक्ष विसीले उपभोक्ता समितिमा कुनै छलफल नगरी नारायणपुर निवासी जोगेन्द्र बिष्टलाई ठेक्का दिई काम शुरु गर्न थाले । ठेकेदार विष्टले भुसे इटा र माटो सहितको बालुवा र ५÷१ को मसला बनाई भवनको निर्माण कार्य शुरु गरेपछि टोलवासी विरोधमा उत्रिए । तर ठेकेदार विष्टले काम रोकेनन् ।

‘उपभोक्ता समितिमा कुनै छलफल नभएकोले ठेक्कामा काम गर्न नदिने भनेर हामीले विरोध निकै विरोध ग¥यौं । हाम्रो भवन हामी आँफै बनाउँछौं । भुसे इटा प्रयोग गर्न पाइन्न भनेर कुरा उठायौं तर अध्यक्ष र ठेकेदारले जबरजस्त निर्माण कार्य अघि बढाइरहे ।’ उपभोक्ता सचिव कान्ती चौधरीले भन्नु भयो ।

भवन निर्माण कार्य नरोकिएपछि टोलवासीले वडा कार्यालयलाई गुहारे । कार्यवाहक वडाध्यक्ष जगत श्रेष्ठसहितको टोलीले स्थलगत निरीक्षण ग¥यो । तर निर्माण कार्य अझै रोकिएन ।
‘वडा कार्यालयले हाम्रो साथ देला भनेको त केही गरेन । बरु अहिले निर्माण गर्न दिनुस पछि मूल्यांकन गर्ने बेला त हामी हेर्छौं नि भनेर वडाअध्यक्ष श्रेष्ठले हामीलाई रोक्नु भयो ।’ उपभोक्त समितिका कोषाध्यक्ष भोला श्रेष्ठले बताउनु भयो ।

उपभोक्ता समितिका अध्यक्ष बिसीले कुन शर्त र कति बजेटमा विष्टलाई भवन निर्माणको ठेक्का दिएका हुन् ? टोलवासीलाई केही थाहै छैन । भवनको नक्शा र इष्टिमेटबारे पनि टोलवासी अनभिज्ञ छन् । ‘हामीलाई केही थाहा छैन । समितिमा यो विषयमा कहिल्यै छलफल नै भएन ।

अहिले निर्माणाधीन भवन गुणस्तरहीन त छ नै यसको क्षेत्रफल पनि निकै सानो छ । भवनको चौडाइ ३ मीटर र लम्बाई ७ मिटर छ । ‘यति सानो भवन हामीलाई कामै लाग्दैन । ठूलो कार्यक्रम छ छाडौं बैठक बस्न समेत मिल्दैन । अरु टोलले यही बजेटमा निकै ठूला सभा हल बनाएका छन् । यस्तो त्रुटी किन भयो ? कोषाध्यक्ष श्रेष्ठले प्रश्न गर्नु भयो ।

आफ्नै पहल र योजनामा आफ्नो भवन निर्माण गर्न पाउने उपभोक्ताको अधिकार खोसिएपछि टोलवासी एवं नेपाल पत्रकार महासंघ दाङका सल्लाकार तथा पूर्व अध्यक्ष केएल पीडितले समस्या हल गर्न अग्रसरता लिनु भयो । उहाँले उपमहानगरपालिका पूर्वाधार महाशाखा प्रमुख युवराज पौडैल, सुपरभाइजर (पाँचौंैं) बीरबहादुर वली, वडाअध्यक्ष जगत श्रेष्ठ, ठेकेदार विष्टसंग पटकपटक छलफल गर्नुभयो । तर केही प्रगति भएन

‘मैले गलत प्रकृया सच्याउनका लागि सम्बन्धित निकाय र व्यक्तिहरुसंग सघन छलफल गरे । तर परिणाम शुन्य । एक त भवन निकै सानो छ । अर्को गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको छ । समुदायलाई यो भवन कुनै काम छैन । भुसे इटा उपमहानगरपालिकाले प्रतिबन्धित गरेको उहिल्यै हो । यस्तो देख्दा देख्दै सम्बन्धित निकाय र व्यक्ति मौन रहनुमा केही आशंकाहरु उब्जिएका छन् । तर हामी यस्तो गुणस्तरहीन, उपयोगहीन भवन निर्माण गर्न दिदैनौ र राज्यको सम्पत्तीको दुरुपयोग हुन दिंदैनौं । अब पनि समाधनतिर नगएमा कानूनी प्रकृया शुरु गर्छौं । पीडितले बताउनु भयो ।

यस विषयमा प्रतिक्रियामा लिंदा उपमहानगरपालिकाको पूर्वाधार निर्माण महाशाखा प्रमुख पौडेल भवन निर्माणमा इष्टिमेट विपरीत गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्न नपाइने बताउनु भयो । उहाँले स्थलगतरुपमा सबैपक्षसंग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो ।

Facebook Comments