नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’सहित तीन जना पक्राउ परेका छन् ।
रोल्पाको लुङ्ग्री गाउँपालिका वडा ५ पाङ ऐपेबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
दिउँसो साढे १ बजेतिर थबाङ्ग घर भएका जयप्रकाश रोका ‘प्रताप’,जिल्ला सदस्य धाबहादुर खत्री ‘टाइगर’ र भुपेन्द्र खड्कालाई एकैठाउँबाट प्रहरीले गिरफ्तार गरेको नेकपा राप्ती ब्यूरोले जनाएको छ ।
ब्यूरो इञ्चार्ज सुवासले पक्राउ गरिएका नेता कार्यकर्ता रिहा गर्न पनि माग गर्नुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।