घोराही। चलचित्र बिकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले मोफसलमा निर्माण हुने साना लगानीका चलचित्रहरुलाई प्राथमिकता दिने गरि बोर्डले काम गर्न थालेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
बोर्डका प्रवक्ता केएल बुढाथोकीले साना लागानीमा बनेको चलचित्र प्रदर्शन आउन नसेकाहरुलाई प्रदर्शनमा ल्याउन बोर्डले अनुदान दिने उद्घोष गरे।उनले चलचित्र बिकास बोर्डले यस वर्षदेखि गर्न लागेको कामको बारेमा समेत विस्तृत जानकारी दिए ।
यस बर्ष दुई वटा प्रदेशमा चलचित्र महोत्सव गर्ने, संविधान दिवस अवसरमा समाजिक रुपान्तरमा योगदान पु¥याएको चलचित्रकर्मीलाई सम्मान तथा पुरष्कृत गर्ने, सरकालाई राष्ट्रिय चलचित्र दिवस घोषणा गर्न लगाउने , चलचित्र बिकास बोर्डको लोगो निमार्ण गर्ने, नेपालमा पहिलो चोटी चलचित्र एक्सो हुने (नेपालमा पहिलो चलचित्र निमार्ण भए देखी हाल सम्म चलचित्र निमार्णमा प्रयोग हुने सामाग्री हरुको प्रदर्शन गर्ने), यस बर्ष तिन वटा प्रदेशमा चलचित्र छायांकन स्थल निमार्ण गर्ने, लघु चलचित्र प्रतियोगिताको निरन्तरता, घुम्ति सिनेमा कार्यक्रम यो बर्षमा चार वटा प्रदेशमा गरिने, कथा संग्रालय (देशभरीका उत्कृष्ट कथाहरु चयन गरेर चलचित्र निमार्ण गर्ने) , बोर्डले आफै चलचित्र निमार्ण कार्य अघि सारेको, सिमित बजेटमा पनि बोर्डले देशभरी जाने र देशाका नयाँ पुस्तालाई तथा मौलिक कथालाई जोड्ने प्रवक्ता बुढाथोकीको भनाइ छ ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।