• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन राप्तीका प्रधानाध्यापकलाई ल्यापटप 




राप्ती । राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई ल्यापटप वितरण गरेको छ ।

गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकहरुलाई एक/एक थान ल्यापटप वितरण गरेको हो । शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाका शिक्षा अधिकृत विश्वास बिकका अनुसार पालिकाभित्रका २७ वटा विद्यालयका प्रधानाध्यापकहरुलाई ल्यापटप वितरण गरिएको हो । उहाँले पालिकाभित्रका शिक्षक तथा शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन, विद्यालयको तथ्यांक अभिलेखलाई डिजिटलरुपमा सुरक्षित राख्न र विद्यालयको नेतृत्वलाई प्रविधिमैत्री बनाउन सहज हुने बताउनुभयो ।

गाउँपालिकाले प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र संघको विशेष अनुदानबाट ल्यापटप वितरण गरेको हो । प्रदेशबाट नौ लाख ५० हजार र संघबाट नौ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गाउँपालिकामा २७ वटा सामुदायिक र १८ संस्थागत गरी ४५ वटा विद्यालय सञ्चालनमा छन् । सामुदायिक विद्यालयमा नौ हजार दुई सय ३० र संस्थागतमा छ हजार दुई सय ८७ गरी १५ हजार पाँच सय १७ जना विद्यार्थी अध्ययनरत छन् ।

 

Facebook Comments