• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मृतकका आफन्तद्वारा प्रतिष्ठानमा धर्ना, सेवा ठप्प




घोराही । मृतकका आफन्तद्वारा धर्ना दिदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा शुक्रबार ठप्प भएको छ । बिहीवार उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी १० बर्षीय आक्रोस नेपालीको प्रतिष्ठानमा मृत्यु भएको थियो ।

नेपालीको मृत्यु एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण भएको भन्दै पीडितका आफन्तहरु दोषीलाई कारवाहीसँगै क्षेतीपूर्तीको माग गर्दै आन्दोलित भएका छन् । सामान्य अवस्थाको विरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले प्रतिष्ठानको काउन्टरमा धर्नामा बसेका छन् ।

प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरुले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । मृतकका आफन्तहरुले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका विरामीहरु समस्यामा परेका छन् ।

बालकको मृत्युको विषयमा छानविन समिति बनाउनेसँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहेपनि पीडित पक्षको माग अनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको पीडित पक्षले जानकारी दिएको छ । तर प्रतिष्ठानले भने पीडित पक्षसँग बार्ता जारी रहेपनि कुनै समय हुन नसकेको बताएको छ । क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका नेपालीको एमआरआई गर्ने क्रममा अक्सिजन सिलिण्डरको ग्यास लिक हुँदा बिरामीको मृत्यु भएको थियो ।

Facebook Comments