मुसिकोट नगरपालिका वडा न ९ को होल्तारा खण्डमा पर्ने सितलपोखरी झुल्खेत चुन्वाङ कृषि सडक खण्डको पिजको लागि सडक चौडा गर्दै गर्दा माथिबाट पहिरो आएर एक जना घाइले भएका छन ।
बानिया कन्डन्सन प्रालि बिराटनगरको २५६०२१८ को २२० सि सि नम्बरको को जेसीबी डोजरका चालक तुलसीपुु उपमहानगर पालिका वडा न २ कृष्ण मन्दिरका जीवन सुनार घाइते भएका हुन् ।
काम गर्दैगर्दा मामाथिबाट आएको पहिरोले चालकको दायाँ कुम र दायाँ खुट्टामा चोट लागेको छ । मेसिनमा खासै केही भएको छैन । चालक सुनारको उपचार स्थानीय मेडिकल झुल्खेतमा भैरहेको छ । घाइतेको अबस्था खतरामुक्त रहेको रहेको वडा अध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।