• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
धारपानीमा एक करोडको जलाशय बन्दै




घोराही उपमहानगरपालिका ५ मा रहेको धारापानी मन्दिरमा पर्यटन आकर्षका लागि बृहत जलाशय निर्माणको सुभारम्भ गरिएको छ ।

पाण्डवेश्वर धार्मिक क्षेत्रको बृहत पर्या—पर्यटन आयोजना अन्तरगत प्रदेश ५ को उद्योग पर्यटन वन तथा वाताबरण मन्त्रालयबाट विनियोजन भएको एक करोड रुपैयाँको लागमा बृहत जलाशय बन्ने भएको हो ।

उक्त जलाशयको आज प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, अमरबहादुर डाँगी, अर्जुनकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपाने र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारी सहितको उपस्थितीमा शिलन्यास गरिएको छ ।

चार बिगाह जमिनमा पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्ने गरी जलासय निर्माण गर्न थालिएको हो । धारपानीमा आउने पर्यटकहरु डुंगामा शयर गरेर मन्दिरमा पुजा आरधना गर्न सक्नेगरी काम अघि वढाईने भएको छ ।

प्रदेश सरकारले धारपानी क्षेत्रको विकासको लागि २ करोड बजेट अन्तरगत १ करोडको पर्यटकिय जलासय, २० लाखको गुरुयोजना, पाँच लाखको डकुमेन्टेसन र ७५ लाखको लागतमा रिचार्ज पोखरी बनाउने योजना अघि सारेको छ ।।

Facebook Comments