• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओमानले नेपाललाई दियो २ सय ६८ रनको लक्ष्य, सोमपालले लिए ५ विकेट




आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा ओमानले नेपाललाई २ सय ६८ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको हरारेमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ ओभर २ बलमा २ सय ६७ रनमा अलआउट भयो । ओमानका जेशान मक्सूदले १ सय ९ रन बनाए । बलिङतर्फ नेपालको सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै करण केसी र प्रतिश जिसीले १र१ विकेट लिए ।
यसअघि अस्ति मङ्गलवार भएको अभ्यास खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
विश्व कप छनोट प्रतियोगिताको समूह ुएु मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ुबीु मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली ुसुपर सिक्सु मा पुग्नेछन् ।
सुपर सिक्सु मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।
Facebook Comments