सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected] विज्ञापनका लागि 9809855403
स्थापना दिवसको अवसरमा रक्तदान
१७ जेष्ठ २०८०, बुधबार
घोराही । नेपाल बजार बिक्री प्रतिनिधि संघले आफ्नो २३औं स्थापन दिवसको अबसरमा रक्तदान कार्यक्रम गरेको छ ।
अहिलेको अबस्थामा घोराही लगायत सबै ठाउँमा रगतको अभाव भएको कारण संघको स्थापन दिवसमा रक्तदान जिबन दान भने नारा साथ रक्तदान कार्यक्रम आयोजना गरिएको संघको अध्यक्ष नबराज सापकोटाले बताउनु भयो । उक्त रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको थियो ।
नबराज सापकोटा अध्यक्षता तथा केन्द्रिय वरिष्ठ उपाध्यक्ष पदम प्रसाद भट्टराईको प्रमुख अथितीमा उक्त कार्यक्रम भएको थियो । पत्रकार महासंघ दाङ शाखाका नि. अध्यक्ष सबिन प्रियासन, दाङ जिल्ला उद्योग बाणिज्य संघका नि. उपाध्यक्ष बसन्त जोसि , रक्त संचार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने , जनचेतना टोलका अध्यक्ष देबिराम पौडेल, दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य जगत आचार्य दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य तथा गल्ला तथा किराना व्यवसायिका अध्यक्ष विनोद पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो ।
संघका उपाध्यक्ष राजेस वलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य नुमाकान्त पाण्डेले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।