• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुराना कम्युनिष्ट नेता बर्मन बुढा भेट्न सभामुख महरा अस्पतालमा




सभामुख कृष्णबहादुर महराले पाटन हस्पिटलमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

आज (शुक्रबार) बिहान पाटन हस्पिटल ललितपुर पुगी महराले पूर्वसांसद बुढालाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

पेटमा समस्या देखिएपछि हिजो पाटन हस्पिटलमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार चलिरहेको बुढाकी छोरी विजयज्योतीले बताउनुभयो ।

भेटमा सभामुख महराले पूर्वसांसद बुढालाई धेरै चिन्ता नगर्न आग्रह गर्दै चाँडै ठीक हुने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गर्नुभयो ।

माओवादी जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पाको थबाङका पाका कम्युनिष्ट नेता बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनका बलियो खम्बाकै रुपमा रहनुभएको छ ।

उहाँ २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं. १ बाट विजयी हुनुभएको थियो ।

महरा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदा बुढा रोल्पा १ बाट निर्वाचित हुनुभएको थियो ।

Facebook Comments