दाङ । लुम्बिनी प्रदेश सरकारले भोलि (शनिबार) सम्ममा पूर्णता पाउने भएको छ । सरकारमा सहभागी दलहरुबीच मन्त्रालयको भागबन्डा मिलिसकेको र सकेसम्म आजै नभए भोलि जेठ ६ गते सरकारले पूर्णता पाउने मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए ।
नेपाली कांग्रेसबाट डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते ५३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
प्रदेश सरकारले पूर्णता नपाउँदा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट निर्माणको कामले गति लिन सकेको छैन भने निकै अघि गठन हुनु पर्ने विषयगत समितिसमेत गठन हुन सकेका छैनन् ।
मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा वैशाख १५ गते चौधरी मुख्यमन्त्री बन्दा माओवादी केन्द्र नागरिक उन्मुक्ति र लोसपाबाट एकरएकजना विनाविभागीय मन्त्री बनेका थिए । माओवादी केन्द्रबाट मन्त्री बनेका धनबहादुर मास्कीलाई जेठ १ गते आर्थिक मामिलामन्त्रीको जिम्मेवारी तोकिएको छ भने अन्य दुईजना अझै विनाविभागीय मन्त्री छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
