सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद् बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नुभएको हो ।
प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्न मनोनयन गरिएका सदस्यमा दाङकी रेखा शर्मासहित उमाशङ्कर अर्गरिया, डा डीला सङ्ग्रौला, चन्द्रकान्त चौधरी, मानवबहादुर विश्वकर्मा,राधा ज्ञावली र सोमप्रसाद पाण्डे हुनुहुन्छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।