दाङ । दाङको तुलसीतपुरमा शुक्रबारदेखि सुरु भएको धनबहादुर नेपाली स्मृति नगरस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुर नगर तेक्वान्दो परिवारको आयोजनामा बिभिन्न तौल समुहमा भएको तेक्वान्दो प्रतियोगिताको एक औपचारिक कार्यक्रम गरेर शनिबार समापन गरिएको हो ।
कार्यक्रम संयोजक बमबहादुर विकको अध्यक्षता तथा तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा पुरुष तथा महिला तर्फका प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने ५७ जना खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै खेलमा दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई पनि मेडल र प्रमाण प्रत्र प्रदान गरिएको थियो । दुईदिन सम्म चलेको प्रतियोगितामा बिभिन्न तौल समुहका २ सय बढि खेलाडीको सहभागीता रहेको थियो । प्रतियोगिता अन्तरगतका सबै खेलहरु तुलसीपुर ८ मा रहेको लुम्विनी प्रदेश तेक्वान्दो संघको कभर्डहलमा सम्पन्न भएको हो ।
उक्त प्रतियोगिताको जुरिमा जंग बहादुर नेपाली रहनु भएको थियो भने निर्णायकमा सुरज केसी, सुरेस कुमाल, बमबहादुर बिक र देवराज खाम्जालगाएतका रहनुभएको थियो । पुरुष तौल समुहमा १९ देखी ६५ केजी तौल समुह सम्म र महिला तर्फ २१ देखी ५८ केजी तौल समुह बाट प्रतियोगिता भएका थिए ।
नेपाली स्मृती नगरस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन कार्यक्रमका अवसर नेपालीकी धर्मपत्नी भगवती नेपालीलाई पनि सम्मान गरिएको थियो । संघका प्रदेश अध्यक्ष रिजालले धनबहादुर नेपालीले दाङ जिल्लामा तेक्वान्दो खेलको विकासका लागि खेलेको भुमिकाको स्मरण गर्नुभएको थियो । जिल्लामा तेक्वान्दो खेलको विकासका लागी नेपालीले खेलेको भुमिका प्रसंशनिय रहेको बताउनुभएको थियो ।
यस्तै दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीले यो खेल राष्ट्र र स्वास्थ्यका लागि मात्र नभई आत्म सुरक्षाका लागि पनि आवश्यक रहेको प्रस्ट पार्नुभयो । हात र खुट्टाको प्रयोग गरी खेलिने एउटा कलात्मक खेलका रुपमा चिनिने तेक्वान्दो खेलले व्यक्तिलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको हो । यस्तै तुलसीपुर ८ का वडा अध्यक्ष धर्म वलीले नागरिकको नजिकको सरकार स्थानिय सरकारका तर्फबाट गर्ने साथ सहयोगका लागि आफुहरु सधै सकारात्मक रहेको बताउनु भएको थियो । आर्दश एकेडेमीका प्रशिक्षक सुरज केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण भिमलाल विश्वकर्माले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।