रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाले दुइ बर्षको अन्तरालमा ४८ वटा कानुन निर्माण गरेको छ ।
स्थानीय निर्वाचन पछि बनेको नगर सरकारले आफ्नो दुइ बर्षे कार्यकालमा ४८ वटा कानुन निर्माण गरेको हो । पहिलो नगर सभाबाट ८ वटा, दोस्रोबाट १७ वटा, तेस्रोबाट १८ वटा र चौंथो नगर सभाबाट ५ वटा गरि जम्मा ४८ वटा कानुन निर्माण गरेको हो ।
यस अघि तिन वटा नगर सभाबाट ४३ वटा कानुन निर्माण भइसकेको र चौंथो नगर सभाबाट थप ५ वटा कानुन निर्माण गरि पारित गरिएसँगै ४८ वटा कानुन निर्माण भएका हुन । चौंथो नगर सभाबाट सुशासन कार्यबीधि २०७६, नदि तथा अन्य सार्बजनिक क्षेत्रको सरसफाइ सम्बन्धी कार्यबीधि २०७६ र वालगृह सञ्चालन कार्यबीधि २०७६ पारित गरिएको छ ।
त्यसैगरि एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७६ र मदिरा नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धी बनेको बिधेयक २०७६ पनि हुने पारित गरिएको बताइएको छ ।
यमुना नन्द नमुना माबिको प्राङ्गण मुसीकोट ५, सेरीगाउँमा नगरपालिकाबाट बनेका कानुन, बिषयगत समितिले गरेका निर्णय र प्रशासनिक क्षेत्रबाट भए गरेका सम्पूर्ण काम कार्बाही एबं नगर कार्यपालिको बैठकबाट गरिएका सबै निर्णयलाई अनुमोदन गर्दै नगरपालिकाको चौंथो नगरसभा पनि सम्पन्न भएको छ ।
सोमबार सम्पन्न नगरसभाले यस अघि भएको तेस्रो नगर सभाबाट बिनियोजित आर्थिक बर्ष २०७५/०७६ का लागि बनेका नीति तथा कार्यक्रम र बजेटलाई समेत अनुमोदन गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।