• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शारदा र जलधारा अध्यक्ष कप फुटबलको उपाधि होडमा




शारदा नगर टोल र जलधारा चौतारी टोल प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधीका लागि भिड्ने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को आयोजनामा संचालित प्रतियोगिताको सोमबार सम्पन्न रोमाञ्चक अनि कडा प्रतिस्पर्धात्मक सेमिफाईनल खेलमा ब्रहाथान टोललाई सर्ट एण्ड डेथमा पराजीत गर्दै शारदा नगर टोलले फाईनल यात्रा तय गरेको हो ।

खेलको निर्धारित समयसिमा ३/३ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा गएको थियो ! ट्राईबेकरमा पनि नतिजा नआएपछी खेल सर्ट एण्ड डेथमा गएको थियो ! खेलमा शारदा नगरका रमेश तामाङले २ गोल गरे भने बिशाल खड्काले १ गोल गरे ! त्यस्तै ब्रहथानका तर्फबाट पारस बस्याल र दिपक रेग्मिले समान १/१ गोल गरे भने शारदा नगरले एक सुसाईट गोल खाएको थियो !

त्यसैगरी सोमबार नै सम्पन्न दोस्रो सेमिफाईनल खेलमा सुन्दरबस्ती टोललाई एक का विरुद्ध ३गोल अन्तरले स्तव्ध पार्दै जलधारा चौतारी टोलले अध्यक्ष कपको उपाधी होडमा शारदा नगर टोल संगको भिड्न्त पक्का गरेको हो ।

खेलमा जलधाराका दिलिप चौधरिले २ गोल गरे भने कमल खड्काले १ गोल गरे ! त्यस्तै सुन्दरबस्तिका तर्फबाट सुशील केसिले सान्त्वना गोल गरे !
फाईनल खेल मंगलबार बिहान ९ बजे पछी हुनेछ भने तेस्रो स्थानका लागि सुन्दरबस्ती टोल र ब्रहथान टोल बिच हुने आयोजकले जानकारी दिएको छ ।

स्थानिय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा नं ७ भित्रका सात टिमहरुको सहभागिता रहेको छ । यसैबिच आयोजकले मंगलवार हुने फाईनल खेलमा उपस्थितिका लागि खेलप्रेमी,खेलाडी,सुभचिन्तक,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ !

Facebook Comments