घोराही । दाङको घोराही – १५ मा रहेको भिएन स्कुल एण्ड कलेजले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईविरुद्ध नेपालले सानदार जित हासिल गरेको खुसीयालीमा विजयी र्याली निकालेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको खुसीयालीमा स्कूलले घोराहीमा विजयी र्याली निकालेको हो ।कोणसभालाई सम्बोधन गर्दै भिएन स्कुल एण्ड कलेजका प्रवन्ध निर्देशक द्रोण खड्काले नेपालमा नेपाली क्रिकेट खेलाडीहरुले क्रिकेट खेलमा एतिहासिक शानदार जित हासिल गर्दै एसिया कपमा छनोट भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । उनले खेल र शिक्षा एक आपसमा परिपुरक भएको भन्दै हरेक विद्यार्थीहरुले खेलसँगै पढाइलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।
विद्यार्थी स्वस्थ र तन्दुरुस्त भएमात्र मानसिक रुपमा पढाइलाई राम्रो बढान सक्ने भन्दै प्रवन्ध निर्देशक खड्काले विद्यार्थीलाई खेलकुदमा सक्षम बनाउनका लागि विद्यालयमा खेलकुद शिक्षकको व्यवस्था गरेको र विद्यार्थीहरुलाई यस्तै ब्यबहारिक क्रियाकलाप सहभागी गराउदै लैजाने बताए । आजको खेलबाट विद्यार्थीहरुले केही सिक्नुपर्ने र खेलबाटै समाज, जिल्ला र राष्ट्रलाई चिनाउन सके आफ्नो सफलता मिल्नेसँगै विद्यालयको लक्ष्य समेत पूरा हुने खड्काको भनाइ थियो ।
विद्यालयकै प्रांगणबाट सुरु भएको उक्त विजयी र्याली बजारका विभिन्न ठाउँमा परिक्रमा गर्दै विद्यालयमै पुगेर कोणसभामा परिणत भएको थियो । उक्त र्यालीमा विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो ।
उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।