माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’लाई दाङमा भव्य सम्मान गरिएको छ । प्रगतिशील लेखक संघ दाङ शाखाले उहाँलाई प्रगतिवादी साहित्यमा पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरेको हो ।
नेकपा माओवादी क्रान्तिकारीका महासचिव वैद्य साहित्यमा चैतन्य उपनामले चिनिनिहुुन्छ । उहाँले माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा लगातार कलम चलाउँदै आएको छ ।
उहाँले पछिल्लो कृति ‘हिमाली दर्शन’ बजारमा ल्याइसक्नुभएको छ । प्युठानमा जन्मनुभएका वैद्यको स्थायी घर दाङको ढिकपुर हो ।
सो क्रममा प्रलेस दाङका निवर्तमान अध्यक्ष शरद अधिकारीलाई प्रगतिशील साहित्य पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै टीकाराम उदासी, छबिलाल कोपिला, शारदा शर्मा, गुरुप्रसाद कुमाललगायतलाई पनि पुरस्कृत गरिएको थियो ।
तस्विरः खेगश्वर भण्डारी
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।