• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने




आगामी चैत २८ गतेदेखि काठमाडौंमा चार लाख राशीको पोष्टबहादुर बोगटी कप स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा चैत २८ गतेदेखि सुरु हुने प्रतियोगिता वैशाख २ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन चैत २८ गते दिउँसो २ बजे दशरथ रंगशालाको कबर्ड हलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताको प्रथम पुरस्कार राशी चार लाख रहेको छ । त्यस्तै द्धितीय हुनेले दुई लाख, तृतीय हुनेले एक लाख र सान्त्वना हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै विधागततर्फ छ विधामा दश/दश हजार र उत्कृष्ट खेलाडीलाई १५ हजार पुरस्कार रहेको बोगटीस्मृति प्रतिष्ठानका महासचिव निर्मल आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग र नेपाल भलिबल संघको प्राबिधिक प्राबिधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ । भलिबलतर्फ पहिलो श्रृंखलामै उल्लेख्य राशीको पुरस्कार राखेकोमा धन्यवाद दिंदै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताले निरन्तरता पाउनुपर्ने पनि बताउनुभयो । उहाँले प्रतियोगिता लिक कम नक आउट प्रणालीबाट सञ्चालन गरिने जानकारी दिनुभयो ।

पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीकृष्ण अधिकारीले सादगी नेता बोगटीलाई नयाँ पुस्तामाझ चिनाउन खेल आयोजना गरिएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष रुद्रप्रसाद ढुंगेलले गर्नुभएको थियो ।

Facebook Comments