• ३० फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा श्रीमतीद्वारा श्रीमानको हत्या




दाङको बंगलाचुली गाउँपालिकामा गएराती एकजानाको हत्या भएको छ ।

बंगलाचुलि गाउँपालिकाको वडा नम्वर २ मर्पेस निवासी ३५ वर्षका रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिनुभयो ।

सुनारलाई उनका छोरा १८ वर्षिय शिवराज सुनार र श्रीमती वर्ष ३६ की कमला सुनारले मिलेर हत्यागरेको अध्यक्ष पुनले बताउनुभयो

। मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अध्यक्ष पुनले जानकरी दिनुभयो ।

हत्यामा संलग्न आमा छोरा दुवैलाई प्रहरीले पक्राउगरी सकेको छ । सुनारको घरमा लामोसमय देखि मदिरा खाएर श्रीमान श्रीमती विचमा झगडा भईरने गरेको र हिँजो पनि परिवारमा एक आपसमा विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा ज्यानगएको हुन सक्ने बताईएको छ । मृतको शवसलाई पोस्टमार्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

Facebook Comments