सरकारविरुद्ध मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेका दलसहित पाँच घटकको कार्यगत एकता भएको छ ।
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, विप्लव नेकपाका नेता सुलभ, अर्को नेकपाका अध्यक्ष ऋषिराम कट्टेल, नेकपा माओवादी केन्द्रका नेता कर्णजीत बुढाथोकी र देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यध्यक्ष सिपी गजुरेलले विज्ञप्ति जारी गरी कार्यगत एकताको घोषणा गर्नुभएको हो ।
विज्ञप्तिमा विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध खारेज गर्न माग गर्नुका साथै विभिन्न राष्ट्रियता र शान्ति सुरक्षासँग सम्बन्धित माग अघि सारिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।