• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा कोठाभित्र निसास्सिएर एक महिलाको मृत्यु




 दाङ / कोठामा लागेको आगोका कारण निसास्सिएर एक जना महिलाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका –५ देवीगञ्ज निवासी ४० वर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 एककोठे जस्तापाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसनामा आगो लागेको अवस्थामा फेला परेको हुँदा महिलाको धुवाँका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।   जिल्ला प्रहरी प्रमुख वलीका अनुसार मृतक घर्तीको घर गाउँभन्दा करिब एक डेढ सय मिटर टाढा एक्लै रहेका र उहाँ पनि एक्लै बस्दै आउनुभएको थियो ।
‘स्थानीयसित बुझ्दा मृतकले मापसे गर्ने र चुरोट पनि सेवन गर्नेगरेको खुलेको छ’ प्रहरी प्रमुख वलीले भन्नुभयो, ‘चुरोट सेवन गर्दा कोठामा आगो लाग्दा निसास्सिएर मृत्यु भएको जस्तो अवस्था देखिन्छ ।’ प्रहरी प्रमुख वलीका अनुसार घर्तीको शरीरमा भने कतै जलेको वा पोलेको नदेखिएको बताउनुभयो ।  ‘घरभित्र चुक्कुल लगाएको अवस्था थियो । ढोका फोडेर हेर्दा महिला ढोका नजिकै मृत अवस्थामा फेला पर्नुभएको थियो’ प्रहरी प्रमुख वलीले भन्नुभयो, ‘घटनाको बारेमा थप अनुसन्धान गर्ने काम प्रहरीले गरिरहेको छ ।’
स्थानीयका अनुसार एक वर्ष पहिला पार्वती र उहाँका श्रीमानको सम्बन्धविच्छेद भएको थियो । पार्वतीका तीन छोरा भए पनि कामका लागि बाहिर रहेको छन् । शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Facebook Comments