सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected] विज्ञापनका लागि 9809855403
अष्ट्रेलियासँगको टेष्ट शृंखला भारतलाई
२८ फाल्गुन २०७९, सोमबार
भारतले अष्ट्रेलियासँगको टेष्ट शृंखला २–१ ले जितेको छ । अहमदावादमा भएको चौथो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि घरेलु टोली भारतले शृंखला २–१ ले जितेको हो ।
अन्तिम टेष्टको पहिलो इनिङसमा ४८० रन बनाएको अष्ट्रेलियाले दोस्रो पालीमा २ विकेटको क्षतिमा १७५ रन बनाउँदा अन्तिम दिनको खेल सकिको थियो ।
पहिलो इनिङ्समा भारतले ५७१ रन बनाएको थियो । चार वर्षपछि टेष्ट क्रिकेटमा शतक पूरा गरेका विराट कोहलीले १८६ रन बनाएका थिए । समयका अभावका कारण भारतले दोश्रो इनिङसमा ब्याटिङ नै गर्न पाएन ।
वर्ल्ड टेष्ट च्यम्पियनसीपको शीर्ष दुईमा रहेका भारत र अष्ट्रेलियाले फाइनल खेल्ने छन् । वर्ल्ड टेष्ट च्यम्पियनसीपको फाइनल ७ जुनमा लण्डनको ओभलमा हुने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।