• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाले बुझायो घोराही उपमहानगरलाई ज्ञापनपत्र, यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ ?




घोराही, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले स्थानीय जनताको जनगुनासो र समाजमा देखिएका संकट लगायतका समसामयिक विषयको समाधान गर्नुपर्ने माग राख्दै घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

कमिटीले बिहीबार घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीलाई उक्त मागको समाधान गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका सेक्रेटरी महान सीले जनताका जनजीविकासँग जोडिएका कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र यातायात,विद्युत, खानेपानी, उद्योग, व्यापार र वित्तीय लगायतका समसामयिक विषयमा रहेका माग सम्बोधन गर्नुपर्ने भन्दै ज्ञापनपत्र नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएका थिए ।No description available.

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख नरुलाल चौधरीले नेपाल कम्युनिस्ट पार्टीले जनतासँग सरोकार राख्ने धेरै विषयको माग राखेको भन्दै त्यसमा कतिपय आफूहरूले गरिरहेको कामहरुमा सुधार ल्याउनुपर्ने र कतिपय कुरा केन्द्र सरकार, प्रदेश सरकार सम्बोधन गर्नुपर्ने भएको बताए ।

उनले यी मागहरुलाई आफूहरूको स्रोत, साधन र जनशक्तिले भ्याएसम्म नगरको तर्फबाट काम गर्दै अगाडि बढ्ने र संघ, प्रदेशले गर्नुपर्ने कामहरुलाई पनि नगरबाटै सिफारिस र सम्बन्धित निकायलाई झकझक्याउने समेत उद्घोष गरे ।No description available.

ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सी लगायत पार्टीका जनवर्गीय संगठन अध्यक्ष, संयोजक लगायतको उपस्थिति रहेको थियो ।

पार्टीका पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सीले कार्यक्रमको बारेमा जानकारी दिँदै ज्ञापनपत्र बाचन गरेका थिए ।

यस्तो छ, नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले घोराही उपमहानगरलाई बुझाएको ज्ञापनपत्रको पूर्णपाठ :No description available.No description available.No description available.No description available.

Facebook Comments