• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्न माओवादी दलहरु एकमत




दाङ / शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्न माओवादी दलहरु एकमत भएका छन् । आज मंगलबार बिहान बालुटारमा माओवादी सम्बन्धित पार्टीका नेताहरूको बैठकपछि एक प्रेस विज्ञप्ति जारी गर्दै शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनैपनि गतिविधिहरुको प्रतिवाद गर्न आफुहरु एकमत भएको जनाएका हुन् ।

संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाप्रति माओवादीहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्ने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्ने समेत विज्ञप्तिमा उलेख गरिएको छ ।

संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कार्वाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग नपुर्‍याउने भन्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग जोडदार माग गरेको जारी विज्ञप्तिमा भनिएको छ ।

शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न माओवादी सम्बन्धित पार्टीहरु एकमत भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड सी’, नेकपा (बहुमत)का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन् ।

Facebook Comments