दाङ, २० फागुन । दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले पहाडी क्षेत्रका बिद्यालयमा अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई भेटघाट गरी शैक्षिक सामग्री बितरण तथा सम्मान कार्यक्रम गरेको छ । एकेडेमीले छिमेकी जिल्लाहरु रोल्पा, प्युठान र सल्यानका ९ वटा विद्यालयमा छोटो कार्यक्रमको आयोजना गरी बिद्यार्थीहरुलाई सम्मान तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
होली भिजन बिद्यालय रोल्पा , तुलसी बोर्डिङ रोल्पा , ज्ञान मन्दिर बिद्या गृह रोल्पा , लोक चेतना बिद्यालय प्युठान , कालिका अंग्रेजी बिद्यालय प्युठान र प्युठान भ्याली बिद्यालय प्युठानका ५० जना उत्कृष्ट बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको बिद्यालयका नेपाली बिषयका बिभागीय प्रमुख विवेक देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी एमएम एकेडेमी सल्यान , ब्राइट पर्ल एकेडेमी सल्यान र मोर्डन तुलसी सेकेन्डरी स्कुल सल्यानका १९ जना उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका सह-प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।
२०७९ सालको एसईई परीक्षामा सहभागी हुने बिद्यार्थीहरुलाई हौसला प्रदान गर्नको लागि गुरुकुल एकेडेकोको प्लस टुतर्फको शैक्षिक कार्यक्रमको जानकारी गराउने उद्धेश्यले यो अभियान सुरु गरिएको सह-प्रधानाध्यापक गिरीले बताउनुभयो । दुई वटा शिक्षकको समूह बनाएर पहाडी तथा छिमेकी बिद्यालयहरुमा अवलोकन गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
घोाराही -१५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमी शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी भन्ने मुल नारासहित २०७२ सालमा स्थापना भएको हो । सुरुवाती समयमा कक्षा ५ सम्मको कक्षा संचालन गरेको बिद्यालयले २०७८ सालबाट प्लस टुका विज्ञान तथा ब्यबस्थापन संकायका कक्षाहरु पनि संचालनमा ल्याएको छ ।
अहिले ११ र १२ मा २५० बढी विद्यार्थीहरु अध्यनरत रहेका छन् । उच्च प्रयोगशाला , प्रविधियुक्त कक्षा कोठा र डिजिटल प्रबिधिमार्फत कक्षा संचालन भैरहेका छन् भने अनुभवी शिक्षकहरुबाट शिक्षण सिकाई भैरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।