• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिएन स्कूलको ३२ औं वार्षिकोत्सव




घोराही, २६ माघ । दाङको घोराही उपमहानगरपालिका -१५ डिके पेट्रोल नजिकै रहेको भिएन स्कूल एण्ड कलेजले आफ्नो ३२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यालकै प्रांगणमा उक्त दिवस मनाएको हो ।No description available.

घोराही उपमहानगरपालिका शिक्षा तथा सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले हिजोको विद्यानिलकण्ठ नभइ नयाँ रुपमा फड्को मारेको बताए ।No description available.

कार्यक्रमक प्रमुख अतिथि समेत रहेका गौतमले शिक्षाको बारेमा आफ्नो धारणा राख्दै भिएन स्कुल हिजो र आजको दिनमा नितान्त फरक भएको बताउदै विद्यालय नयाँ संस्कार, संस्कृति र प्रविधिमा जोडिएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयका विद्यार्थी सिर्जनात्मक तथा रचनात्मक क्रियाकलापसँग प्रत्यक्ष रुपमा जोडिएको भन्दै यसले विद्यालयलाई थप उचाई पुर्याउने कुरामा जोड दिए ।

त्यस्तैगरी स्कूलका प्रीन्सीपल रामजनम चौधरीले नयाँ व्यवस्थापनसँगै नयाँ नेतृत्वले संचालनमा ल्याएको विद्यालय छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताए ।No description available.

उनले विद्यालय संख्यात्मक र गुणस्तरीय दुबै तहमा अगाडि फड्को मारेको स्मरण गराउदै विद्यार्थीलाई पढाईसँगै वाह्य क्रियाकलापमा विशेष जोड दिएको उद्घोष गरे । छोटो समयमै विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको हुँदा आगामी दिनमा विद्यालयलाई थप प्रभावकारी ढंगले अगाडि बढाउदै ब्यबहारिक शिक्षासँगै संस्कार, संस्कृति र प्रविधिलाई विशेष जोड दिने प्रीन्सीपल चौधरीको भनाइ थियो ।No description available.No description available.

स्कुलले आफ्नो वार्षिक उत्सवका अवसरमा विभिन्न विधाहरुमा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो भने विद्यालयमा उकृष्ट कार्य गर्ने शिक्षकहरूलाई पुरस्कृत गरेको हो । No description available.उक्त कार्यक्रममा विद्यार्थीहरुले योगा लगायत विभिन्न सन्देशमूलक नृतहरु प्रस्तुत गरेका थिए ।No description available.No description available.

त्यस्तै प्लसटु तर्फ भएको खेलकूद सप्ताह सलता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा अम्बिकेश्वरी क्याम्पसमा अध्ययनरत विभिन्न संकायका छात्राहरुले निर्मला पन्तको हत्या भएको घटनालाई चित्रण गर्दै नृत्यबाटै न्याय माग गरेका थिए ।No description available.

वार्षिक उत्सवका अवसर विद्यार्थीहरुले विज्ञान प्रदर्शनी लागाय विविध विधाका प्रदर्शनी गरेका थिए ।No description available.

कार्यक्रम शिक्षा प्रेमी गोबिन्द न्यौपाने, विद्यालयका म्यानेजिङ डाइरेक्टर द्रोण खड्का, प्याब्सन घोराही नगरका अध्यक्ष विरेन्द्र चन्द लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता एवं घोराही उपमहानगरपालिका शिक्षा तथा सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख किरण मल्ल, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीको उपस्तिथि रहेको थियो ।No description available.

विद्यालयकी भाइस प्रीन्सीपल शारदा बहकरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिक लक्ष्मी केसीले गरेकी थिइन् ।

Facebook Comments