घोराही, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सविन सीले सहिदका सालिक तोडफोड गर्ने राष्ट्रिय अपराधीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । आज शनिबार बिहान घोराही उपमहानरपालिका–१४ झिंगौरामा रहेको सहिदका सालिक तोडफोड भएको घटनाको स्थलगत अनुगमन गर्न पुगेका उनले सो कुरा बताएका हुन् ।
पार्टीका राप्ती ब्युरो इञ्चार्ज सविन सीले सहिदको सालिक तोडफोड अपराधिक घटना भएको र उक्त घटनाले आफ्नो पार्टीलाई दुःखी र स्तब्ध बनाएको बताए । उनले नेपालमा भएको प्रतिक्रान्तिको रुपमा पनि यो घटनालाई बुझ्नुपर्ने स्मरण गराउँदै सहिदहरु भनेका राष्ट्रिय सम्पत्ति भएको र यस्ता सम्पत्तिमाथि अतिक्रमण गर्ने अतिक्रमणकारीहरु राष्ट्रिय अपराधी भएको जिकिर गरे । स्थानीय प्रशासनले यी अपराधीहरुको गम्भीर्यतापूर्वक अनुसन्धान गर्ने र न्यायको कठघरामा उभ्याउनुपर्ने उनको भनाइ छ ।
‘यस्तो अपराध कार्यमा संलग्न तत्वहरु जो सुकै भएपनि प्रशासनले कडा कारबाही गरोस्,’ उनले भने ‘हामी/हाम्रो पार्टीको तर्फबाट कसले अपराध गरेको हो । किन अपराध गरेको हो भन्ने विषयमा गम्भीर अनुसन्धान हाम्रो पार्टीबाट सुरुवात भइसकेको छ । र, यो अपराधमा संलग्न अपराधीहरुको कडा कारबाही गर्ने सदन्र्भमा पार्टीले विशेष ध्यान पु¥याउने छ ।’
इञ्चार्ज सविनले ओम भक्त चौधरी लगायतका तीन जना सहिदका सालिकको टाउको फुटाउने अपराधीहरु समाजको गतिशीलतालाई अवरुद्ध गर्ने र समाजको अग्रगमणकारी अभियानलाई अवरुद्धपार्ने तत्व भएको बताए । ‘यी तत्वहरुको विरुद्ध हामीले निरन्तर संघर्ष गर्नुपर्छ,’ उनले भने ‘ यो सामान्य सुरक्षाको कुरामात्र होइन् । यो तारबार लगाउने कुरासँग सम्बन्धित कुरामात्रै छैन् । यो अग्रगमनका विरुद्धमा, क्रान्तिकारी आन्दोलनका विरुद्धमा र जनयुद्धको विरुद्धमा गरिएको आक्रमण हो । यस्ता आक्रमणकारी तत्वहरुलाई हामीले ठिक ढंगले कारबाही गर्नुपर्दछ । यस्ता अपराधीहरुलाई न्यायको कटघरामा उभ्याउनु नै पर्दछ । यो सालिकको पुनः निर्माण गर्न, यो सालिकलाई मर्मत गर्न र अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्न म प्रशासनसँग जोडदार माग गर्दछु । हाम्रो पार्टीको तर्फबाट यो सालिक निर्माण गर्न विशेष पहल गर्नेछौं ।’
नेता सविनले आज समाज एउटा ठूलो विश्रृंखलतामा अगाडि बढिरहेको र यो पार्क गाँजा खाने गजडीहरुको आश्रय स्थलको रुपमा विकास भइरहेको बताए । गाँजा खाने गजडीहरुको आश्रय स्थल रुपमा यो पार्कलाई बनाउने होइन् कि यो सहिदहरुको संरक्षण गर्ने पार्कको रुपमा विकास गर्नुपदर्छ उनले भने । यो पार्कलाई एउट पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने र गाँजा खाने गजडीहरुलाई यो पार्कभित्र निषेध गर्नुपर्नेमा उनले जोड दिए । यो सहिद स्मारक पार्कप्रति यहाँका समुदायहरु जागरुकका साथै विशेष सचेत हुनुपर्ने र प्रहरी प्रशासनले पनि यहाँ नियमित गस्ती गर्नुपर्ने उनको भनाइ थियो । साथै निर्जीव सालिक तोडफोड गरेर जीवित सपना तोडफोड हुँदैनन् उनले भने ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झाना सीले सहिदका सालिक तोडफोडप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले सहिदहरुको रगत र पसिनाले आज देश यो स्तरसम्म पुगेको स्मरण गराउदै समाजको आमूल परिवर्तन हुन नसके पनि देशमा जे जति परिवर्तन भएका छन्, त्यो जनयुद्धले भएको कुरामा जोड दिइन् । जनयुद्धको परिवर्तनमाथि बसेर राजगर्नेहरुले सहिदका सालिकसम्म देख्न नसक्नेले यो घटना घटाएको कुरामा जोड दिँदै इञ्चार्ज सम्झनाले यो दर्दनाक र अमानविय घटना कतै न कतैबाट परिचालित भएको ठोकुवा गरिन् ।
घोराही उपमहानरपालिका– १४ का पूर्व वडा अध्यक्ष शक्तिराम डाँगीले सहिद पार्कमा भएको घटनाले आफूलाई निकै स्तब्ध बनाएको बताए । उनले अहिले सहिद सप्ताह चलिरहेको हुँदा सहिदका सालिकका मुर्तिहरुमात्र निर्माण गरेर भएपनि सहिदको सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै त्यो निर्माणको काममा लाग्न सम्बन्धित वडाका वडा अध्यक्षलाई चासो ल्याइदिन अनुरोध गरे । ‘सार्वजनिक सम्पत्तिहरु नेतृत्व जसले गरेपनि, जसका पालामा बनेपनि ती सम्पत्ति साझा हुन्,’ उनले भने ‘ ती सम्पत्ति देशको गहना हुन् र इतिहास हुन् भन्ने कुरामा हामीले आत्मासाथ गर्नुपर्छ । त्यसकारण कसका पालामा बने, कसले बनाए भन्ने कुराहरु सहायक हुन् । मुख्य कुरा यिनी इतिहास हुन् । यिनीलाई बचाउनुपर्छ । संरक्षण गर्नुपर्छ, भन्ने कुरा मुख्य हुन् ।’
पूर्व अध्यक्ष डाँगीले यो घटनाको घोर भत्र्सना गर्दै यस्ता हर्कत, यी कार्यहरु पुनः नदोहोरियन् र कहीँ कतै कसैले गर्न नहुने भन्दै सबै सार्वजनिक सरोकारहरुका महत्वका, चाँसोका विषयहरुलाई बुझ्ने र हेर्नुपर्ने बताए । सहिदका सालिकहरु तोडफोड गरेर ढले पनि इतिहास ढलेको छैन् र यसलाई हामीले पुनः निर्माण गछौं उनले भने । पुनः निर्माण गर्नका लागि सरोकारवालाले नै गर्नुपर्ने र सरोकारवालाले नै नगरेर आफूहरुले निर्माण गर्ने वातावरण सिर्जन नहोस भन्ने स्मरण गराउदै राज्यले नै दायित्व ग्रहण गर्नुपर्ने अध्यक्ष डाँगीको भनाइ थियो ।
त्यस्तै स्थानीयवासी सहदेव थारुले सहिद मात्रै नभएर परिवर्तनमा होमिएका जनताहरुको भावनाप्रति ठेस पुग्नेगरी घटाइएको घटना भएका बताए । उनले यो घटना सुनियोजित तरिकाले घटाइएको र घटनामा संलग्न जो कोहीलाई पनि दण्डनीय कारबाही गर्नुपर्ने कुरामा जोड दिए ।
घोराही – १४ को झिंगौरा रहेको सहिद स्मारक पार्कमा हिजो शुक्रबार अपराधी समूहले सहिदका सालिक तोडफोट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।