नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस ईकाईको कार्य समिति चयन भएको छ ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण लहरेको प्रमुख आतिथ्यतामा भएको भेलाले भिमार्जुन बस्नेतको अध्यक्षमा कार्य समिति चयन गरेको हो ।
जस्को उपसभापतिमा शिक्षा नेपाली, नविन खड्का, तुफान ओली, अभिशेक कुसुण्डा, समिर खान र सुदीप नेपाली चयन चभएका छन् । यसैगरि सचिवमा डायमण्ड गिरी, सहसचिवमा झरना सुनार र निश्चल बिष्ट र कोषाध्यक्षमा निरा लामिछाने तथा प्रवक्तामा टोपबहादुर ओली चयन भएका छन् । ईकाईका सदस्यहरु भने पछि चयन गर्ने निर्णय भेलाले गरेको छ ।
बसन्त बस्नेतले स्वागत गरेको भेलामा बिशिष्ट अतिथिहरु कांग्रेस जिल्ला सदस्य घनश्याम भण्डारी, पूर्व स्ववियु सभापति अनिल कार्कि, क्याम्पस ईकाईका पूर्व सभापति रोहित न्यौपाने लगाएतले आआफ्नो धारणा राखेका थिए । भेलाको सहजिकरण विद्यार्थी नेता बिदुर गौतमले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
