• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीको प्रदर्शनीमा राजेश हमालसहितका कलाकार आउने




No description available.दाङको घोराहीमा सञ्चालन हुन लागेको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९को तयारी तिब्र पारिएको छ । प्रदर्शनीमा आउने कलाकारहरुको नाम समेत बुधवार सार्वजनिक गरिएको छ ।

‘‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिकोआधार’ भन्ने मुल नाराका साथ प्रदर्शनी यहीँ फागुन ३ देखि १३ गतेसम्म घोराही उपमहानगरपालिका–१४ झिगौरा सुरु हुदै छ ।

प्रदर्शनीमा महानायक राजेश हमाल, नायकहरु आर्यन सिग्देल,रमित ढुंगाना तथा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, प्रमोद खरेल, मेलिन राई, शान्ति श्री परियार , एलिना चौहान, पुष्कर शर्मा, ज्योति मगर, एस कुमार लगायतका करिब ८० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने भएका हुन् ।

नेपाल घरेलु तथा सानाउद्योग महासंघ दाङको आयोजनामा हुने प्रदर्शनीको तयारी तीब्र पारिएको संघका अध्यक्ष तथा मूल आयोजक समितिको संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । प्रदर्शनी सञ्चानलन हुने मिति नजिकिएसंगै तयारी तीब्र पारिएको हो ।

त्यस्तै दाङ जिल्ला र यस प्रदेशलाई राष्ट्रिय रुपमै पर्यटनको माध्यमले चिनाउन जिल्लाका र प्रदेशका प्रमुख पर्यटन गन्तव्य र मौलिक कला सस्कृतिको सम्भाव्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउन तथा राष्ट्रिय प्रर्यटन प्रवर्धन र प्रदेशको अर्थतन्त्र विकासमा विकासकमा टेवा पुर्याउने प्रमुख उद्देश्य एवं लक्ष्यको रुपमा लिएर प्रदर्शनी आयोजना गरिएको मूल आयोजक समितिको संयोजक मजगैयाँले बताउनु भयो ।No description available.

प्रदर्शनीमा करिब ३ सयको हाराहारीमा स्टलहरु रहने छन । जस्मा लघु, घरेलु कृषि एवं महिला उद्यमशिलता, पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, क्षेत्रका स्टलहरु रहने छन् र प्रदेशभरिका महासंघआबद्ध एक सय स्टल निःशुल्क हुने पनि आयोजकले जनाएको छ ।

यसैगरी प्रदर्शनी अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

Facebook Comments