कमल खड्का
रोल्पा, १६ माघ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’लभन्ने नारा सहित त्रिबेणी गाउँपालिकास्तरीय अन्तर माध्यमिक विद्यालयको ५ औं राष्ट्रिपति रनिङ सिल्ड प्रतियोगिता त्रिबेणी गाउँपालिकामा सुरु भएको छ । त्रिबेनी गाउँपालिका जुगार रोल्पाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति रोल्पाको समन्वयमा आइतबारदेखि उक्त कार्यक्रम सुरु भएको हो ।
प्रतिनिधि सभा सदस्य ईश्वरी जिएमले कार्यक्रमलाई शुभकामना दिदै खेलकुद मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको उहाँले रोल्पामा बाल विबाह, बहु विभाह, तथा आत्मा हत्या जस्ता समस्या रहेको हुदा यसलाई निमुर्ल गर्न बाल संजाल, युवा संजाल, त्यस्तै सरकार लागि परे मात्र केही हदसम्म रोक्न सकिने दाबी गर्नुभयो । साथै बालबालिका भनेका देशका कर्णधार भएकाले वालवालिकामा लगानी गर्न समेत जानकारी गराउँदै जिएमले अत्यधिक बालबालिकाले समाजिक सन्जाल प्रयोग गर्दै आएको र साजिक सन्जाल सहि ढङ्गबाट नगरेर समाजिक सन्जाल दुरुपयोग गर्दै आएको कुरामा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रम बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले छिमेकी गाउँपालिकाको हिसाबले आमन्त्रित गरेकोमा आयोजक टिमलाई धेरै धन्यावाद दिनु भएको थियोे । साथै उहाँले खेलकुद भनेको स्वास्थ्यको लागि पनि महत्त्वपूर्ण कुरा भएको बताउनुभयो । त्यसै गरि छिमेकी र सिमाना जोडिएको गाउँपालिका भएको कारणले कुनै पनि बिकासका गति विधिमा समन्वय गर्न चाहेमा आफू हातेमालो तथा सहकार्य गरेर अगाडि बढ्न समेत सकारात्मक भएको बताउनुभयो ।
कार्यक्रम जन जागृति माध्यमिक विद्यालय जुगार ५ को खेलकुद मैदानमा सुरु भईरहेको छ । कार्यक्रम १५, १६ र १७ गते गरि ३ दिनसम्म संचालन गरिने आयोजकले जानकारी दिएको छ ।
रनिङ सिल्ड उदघाट्न समारोहमा त्रिबेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठाको अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य ईश्वरी जीएमको प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजलको बिशिष्ट अतिथि, छिमेकी गाउँपालिका अध्यक्षहरुमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, माडी गाउँपालिका अध्यक्ष अमर घर्ती , छिकेकी जिल्लाका छिमेकी गाउँपालिका कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष दुर्गा लाल पुनको अतिथ्यतामा कार्यक्रम भएको हो ।
अतिथि स्वागत गीतसंगै सुरु भएको कार्यक्रममा जिल्ला खेलकुदको तर्फबाट कराते पर्दशनी,बाल नृत्य लगाएत प्रस्तुत गरेको थियो, भने त्रिबेणी गाउँपालिकाले गाउँपालिकमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई नगत एक लाख सहित सम्मान पत्रले स्वागत गरेको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।