• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यानको अध्यक्षसहित ५ जनाको  मागे राजीनामा  ७ जना  केन्द्रीय सदस्यहरुले  




नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जनाको राजीनामा मागेका छन्।
नेपाल टी-२० लिगको जिम्मा भारतीय कम्पनीलाई दिएर नेपाली क्रिकेटलाई बदनाम गरेको आरोपसहित कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनीहरूको माग छ।

राजीनामा माग्ने केन्द्रीय सदस्यमा ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छ्न्।
उनीहरूले आइतबार पत्रकार सम्मेलान आयोजना गर्दै राजीनामा मागेका हुन्। पत्रकार सम्मेलनमा सदस्यहरु पाण्डे र गिरी स्वास्थ्यका कारण उपस्थित हुन नसकेको बताइएको छ। यद्यपी प्रेश विज्ञप्तिमा भने सात जानकै हस्ताक्षर छ।

‘एउटा जिम्मेवार संस्थाको जिम्मेवार पदाधिकारीले गल्ती स्वीकार गरेर मात्र पुग्दैन। उहाँले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पान समिति यसको भागिदार हुनुपर्छ। कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,’ उनीले जारी गरेको विज्ञप्तिमा छ।

राजीनामा गरेर नेपाल टी-२० लिगका दौरान भएका गल्तीको छानविन गर्न सघाउनु ‍पर्ने उनीहरुको भनाइ छ। साथै क्रिकेट संघको निलम्बनको भने उनीहरुले विरोध गरेका छन्। तर पाँच जनालाई भने निलम्बन गरी कारबाही गर्नुपर्ने उनीहरुले बताए।

‘पदाधिकारीको गल्तीको भागीदार नेपाल क्रिकेट संघ हुन सक्दैन। त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन कार्यसम्पादन रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्छौं। स्पट फिक्सिङ जस्तो गम्भीर अपराध हुँन दिनको लागि बाटो खोल्दिने कार्यसम्पादन समितिका सदस्यलाई पनि कारबाही हुनु पर्छ,’ उनीहरुले भने, ‘यस्तै नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त मल्ल, सदस्यहरु दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन पनि दोषी भएको हाम्रो ठम्याइ छ। त्यसैले गभर्निङ काउन्सिल पनि कारबाहीको दायारामा आउनु पर्छ।’

गत पुस ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी(२० लिगका दौरान स्पट फिक्सिङ भएको र गैरकानुनी काम भएकोमा उनीहरूले दुस्ख प्रकट गरेका छन्।

क्यानले नेपाल टी-२० लिगका लागि स्ट्राटेजिक एन्ड कमर्सियल पार्टनर एन्ड एड्भाइजर राइट्स ९रणनैतिक र व्यावसायिक साझेदार र सल्लाहकार अधिकार० रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेका थियो।

सो सम्झौताको विषयमा सुरूवातदेखि नै प्रश्न उठाएको र भारतीय कम्पनीको पृष्ठभूमी शंकास्पद देखिएको तथा सम्झौता गर्नुअघि ग्लोबल टेन्डरमार्फत् गर्नु पर्नेमा माग गरेको उनीहरुको धारणा छ। लिगको विषयमा पटक(पटक नोट अफ डिसेन्ट समेत  उनीहरुको भनाइ छ।

‘उक्त सम्झौता खेलकुद विकास ऐन २०७७ विपरित भएको हामीले क्यान नेतृत्वलाई बारम्बार सचेत गराएका थियौं। आज आएर राष्ट्रिय खेलकुद परिषदको कार्यदलले सम्झौता ऐन विपरित भएको ठहर गरिसकेको छ,’ उनीहरूको भनाइ छ, ‘तर बहुमतको आधारमा भारतीय कम्पनीसँगको सम्झौता बोर्ड बैठक तथा साधारणसभाबाट अनुमोदन गरियो। हामीले गलत कार्यको निरन्तर औपचारिक मञ्चमा पनि विरोध गर्‍यौं। भारतीय कम्पनीको शंकास्पद पृष्ठभूमी र उसको नियतमाथि हामीले जुन आशंका थियौं, आज दुस्खका साथ भन्न पर्छ हाम्रो आशंका सहि साबित भएको छ।’

स्पट फिक्सिङका मूख्य योजनाकार भारतीय कम्पनी सेभेन थ्रीका प्रमुख जतिन अहलुवालिया भएको प्रहरीले सार्वजनिक गरेको  र क्यानसँग सम्झौता गरेको कम्पनीकै प्रमुखको स्पट फिक्सिङमा संलग्नता हुन दुस्खद् पक्ष भएको उनीहरुको भनाइ छ।

साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मूख्य दोष क्यान नेतृत्वको भएको सात केन्द्रीय सदस्यको आरोप छ। जसमा महत्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समितिको दोष बढी भएको सात केन्द्रीय सदस्यले बताएका छन्।

Facebook Comments