आठौं राष्ट्रिय खेलकूदका कारण दाङ खेलमय बन्न थालेको छ ।
बुधवारदेखि दाङमा आठौं राष्ट्रियका खेल शुरु भएका छन् ।
पूर्वखेलकूदमन्त्री दलजीत श्रीपालीले बुधवार टेबल टेनिस उद्घाटन गरेसँगै दाङमा विभिन्न खेल सञ्चालनमा आउने छन् ।
बिहीवार घोराही १८ सालघारीस्थित कोर्टमा बास्केटबलको शुरुवात हुँदैछ ।
दाङमा विभिन्न आठ बिधाका राष्ट्रिय खेल हुँदैछन् । पूर्वमन्त्री श्रीपालीको पालामा आठौं राष्ट्रिय खेल साविक मध्यपश्चिममा हुने र त्यसका केही खेल दाङमा पनि हुने निर्णय भएको थियो ।
अहिले बाँकेसहित ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा खेल हुँदैछन् ।
प्रतियोगिता उद्घाटन भने बैशाख ५ गते हुने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ ।
तस्विरः कुलदीप न्यौपाने
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।