नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कतारमा हुने लेजेन्ड्स लिग क्रिकेट खेल्नु हुनेभएको छ । तेस्रो संस्करणको लेजेन्ड्स लिग २७ फेब्रुअरी देखी ८ मार्चसम्म कतारमा आयोजना हुनेछ ।
पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्न लाग्नुभएको हो । एसियन लायन्सले पारसलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यस टोलीमा पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र सोयव अख्तरलाई पनि अनुबन्ध गरिएको छ ।
लायन्सले यसअघि उपुल थरंगा तथा अस्गर अफगानलाई पनि टोलीमा अनुबन्ध गरिसकेको थियो । लिगमा वर्ल्ड जायन्टस, इण्डियन महाराज र एसियन लायन्सको सहभागिता रहने बताईएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।