श्रवण कुमार यादव
राजपुर, १० माघ । दाङको राजपुर गाउँपालिका -३ खरदरिया स्थित शिव सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा विद्या प्रसाद यादव निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक वेला सव डिभिजनका फरेस्टर नवल कुमार शाहका अनुसार समूहको आज मंगलबार सम्पन्न निर्वाचनबाट १५८ मत प्राप्त गरी अध्यक्षमा विद्या प्रसाद यादव निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लाल बहादुर यादवले १३१ र रन बहादुर यादवले ४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी समूहको उपाध्यक्षमा गत ५ गते भएको साधारण सभाबाट सर्वसमत सन्तोष कुमार यादव निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै समूहको सचिवमा १४५ मत प्राप्त गरी तारावती यादव निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी सरस्वती यादवले १४१ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै समूहको कोषाध्यक्षमा १७४ मत प्राप्त गरी सुबास चन्द्र यादव निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी धनि राम तेलीले ११८ प्राप्त गरेका थिए ।
यता समूहका सह- सचिवमा राम वरण यादव र सदस्यहरुमा प्रभावती यादव, सति चमेला हरिजन, सुनिता यादव र रिता चौधरी साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए।
निर्वाचन समितिका अनुसार जम्मा मतदाता संख्या ३१० मध्ये मतदाताले पुर्ण रुपमा मतदान गरेका थिए । मतदान आज विहान ८ बजेबाट सुरु भएको थियो। जम्मा मतपत्रमध्ये ६ वटा मतपत्र पूर्णरुपमा बदर भएको समितिका संयोजक नवल कुमार शाहले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।