• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाह्रकुने दहमा नि:शुल्क स्वास्थ्य शिविर




घोराही, २ माघ । घोराहीको बाह्रकुने दहमा आइतबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । माघी पर्वलाई मध्यनजर गर्दै त्रिभुवननगर जेसीज र दाङ महिला जेसीजको आयोजना तथा रोटरी क्लब अफ दाङ, लायन्स क्लब अफ घोराही सिटि, घोराही उप महानगरपालिका स्वास्थ प्रवर्दन शाखा एवं नेपाल परिवार नियोजन संघको सहकार्यमा उक्त शिविर सम्पन्न गरिएको हो ।

बिगतका बर्ष हरुमा जस्तै यस बर्षपनि उक्त शिविरमा ३ सय बिरामीको स्वास्थ्य जाँच गरी परामर्श तथा औषधि बितरण गरियको आयोजकले जनाएको छ ।

नि:शुल्क शिविरमा त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष जेसी अमर अधिकारी स्वास्थ संयोजक पंकज आचार्य, महासचिव किरण गैातम, मुकेस शर्मा, महेश गुप्ता, दाङ महिला जेसीजकी अध्यक्ष नारायणि भण्डारी महासचिप अर्चाना शर्मा ,स्वास्थ संयोजक सुनिता बस्नेत रोटरीक्लबका ओबिन्द्र महरा, लायन्स क्लबका पवन योगी, नेपाल परीवार नियोजन संघका वसन्त खनाल, स्वास्थ्यकर्मी प्रकाश आचार्य, महिला स्वास्थ्यकर्मी लक्ष्मि ढकाल, डा. बम बिसी, डा चेत नारायण पाण्डेको उपस्थिति रहेको थियो ।

Facebook Comments