बिकाश भट्टराई
दाङ, २४ पुस । दाङको घोराहीमा भएको प्रधानमन्त्री कप लुम्विनी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता–२०७९ मा दाङ महिलाको टिमले जित हासिल गरेको छ । घोराही उपमहानगरपालिका–१७ गुलरियास्थी घोराही क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय महिला क्रिकेट प्रतियोगितामा नवलपरासीलाई हराउँदै दाङको टिम बिजयी भएको हो ।।
टस हारेर पहिला ब्याटिङको निम्त्यो पाएको दाङ्ले निर्धारित २० ओभरको खेलमा २ विकेटको क्षतिमा १५६ रन बनायो ।
दाङको लागि ब्याटिङमा सरस्वती चौधरीले २८ बलमा ६ चौकाको मदतमा ३८, कमला जिएमले ४६ बलमा ३ चौकाको मदतमा २८ रन, कप्तान सरस्वती जिएमले ४० बलमा २४ रन, १४ बलमा १३ रन बनाए ।
नवलपरासीको बलिङमा कप्तान सरस्वती पुनले ४ ओभरमा २ मेडन राखी १० रन खर्चिए भने बिपना परियारले ४ ओभरमा ३८ रन खर्चिएर १ विकेट प्राप्त गरिन ।
जवाफी १५७ रनको लक्ष्य पाएको नवलपरासीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई जम्मा ८० रन मात्र बनायो ।
नवलपरासीले ब्याटिङ गर्ने क्रममा कप्तान सरस्वती पुनले २६ रन बनाईन भने बिपना परियारले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अन्कं बनाउन सकेनन् ।
बलिङमा दाङ्ग कि शर्मिला रोकाले ३ ओभरमा १ मैडन राखी १० रन खर्चेर २ विकेट भने सिरिसा चौधरीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । त्यस्तै कमला जिएमले ४ ओभरमा १ मैडन राखी ७ रन खर्चेर १ विकेट लिइन भने मधु डिसिले पनि १ विकेट हात पारिन ।
यो खेल प्लेयर अफ द म्याच कमला जिएम भइन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।