• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा जारी मेयर कप, आजको खेलमा वडा १३, ४, १० र ६ विजयी




घोराही, २३ पुस । घोराहीमा जारी पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको चौथो दिन आज भएको खेलमा वडा नम्बर १३, ४, १० र ६ विजयी भएका छन् । आज बिहान सवा ८ बजे भएको लिग चरणको ११ औँ खेलमा वडा नम्बर १३ ले वडा नम्बर २ लाई २–० गोलले पराजित गरेको छ । समूह सि मा रहेको वडा नम्बर १३ ले पहिलो जीत निकाल्दै ३ अंक जोडेको छ । यसअघि वडा नम्बर १ लाई जितेको वडा नम्बर २ आजको हारसँगै दवावमा परेको छ । वडा नम्बर १३ भने पहिलो खेलमा जित निकाल्दै आत्मविश्वास बढाएको छ।

यसैगरी, बिहान सवा १० बजे भएको १२ औँ खेलमा वडा नम्बर ४ ले वडा नम्बर ११ लाई २–१ गोलले पराजित गरेको छ । समूह डि मा रहेको वडा नम्बर ४ ले यसअघि पराजित हुँदै अंक बिहीन भएको अवस्थामा आजको खेलमा जित निकाल्दै ३ अंक ल्याएको छ । तर, दुई खेलमा हार व्यहोरेको वडा नम्बर ११ लिगबाट बाहिरने अवस्थामा पुगेको छ ।

आजै दिउँसो १ बजे सम्पन्न लिग चरणको १३ औँ खेलमा वडा नम्बर १० ले जित हासिल गरेको छ । वडा नम्बर १० ले वडा नम्बर ९ लाई ४–३ गोल अन्तरले पराजित गरेको हो । दुई खेल खेलि सकेको वडा नम्बर १० ले स्पष्ट जीत निकाल्दै ६ अंकका साथ समुह ए मा अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै वडा नम्बर ९ ले एक मा बराबरी र एकमा हार व्यहोरेसँगै लिगबाट बाहिरिने अवस्थामा पुगेको छ ।

आज अपरान्ह सम्पन्न लिग चरणको चौधौ खेललमा वडा नम्बर ६ ले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको छ । समूह बि मा रहेका यी टीम बीच आज भएको खेलमा वडा नम्बर ७ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले ३ अंक जोडेको छ भने वडा नम्बर ७ पहिलो खेलमा जित र आजको खेलमा हारपछि दवाबमा परेको छ ।

प्रतियोगिता अन्तरगत अब भोलि १५ औँ खेलमा बिहानसवा ८ बजे वडा नम्बर १र ३, १६औँ खेलमा बिहान सवा १० बजे वडा नम्बर १४ र १५ बीच खेल हुनेछ । यस्तै, दिउँसो १ बजे १७औँ खेलमा वडा नम्बर ८ र १० तथा १८औँ खेलमा वडा नम्बर १८ र १७ बिच खेल हुने मेयर कप फुटलब आयोजना संयोजक राममणि पाण्डेले जानकारी दिनुभयो ।

Facebook Comments