घाेराही, २३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनकाे ३२ औं स्थापना दिवसकाे अवसरमा आयाेजित मैत्रीपूर्ण भलिवलमा नेपाल पत्रकार महासंघ दाङ शाखाकाे टीम विजयी भएको छ ।घाेराहीस्थित मेचीकाली स्कुलमा आज (शनिबार)भएको मैत्रीपूर्ण भलिबलमा नेपाल पत्रकार महासंघ दाङ र प्याब्सन दाङकाे टीमबिच भएको मैत्रीपूर्ण खेलमा पत्रकार महासंघकाे टीम विजयी भएको हाे।
पत्रकार महासंघकाे टीमले उक्त खेल २५-१७, २२-२५ र २५-१७ ले जितेको छ ।
यसअघि प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र अधिकारीकाे प्रमुख आतिथ्यमा खेलकाे औपचारिक कार्यक्रम गरिएको थियाे ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले
प्याब्सनले गर्ने कार्यक्रममा मिडियाले अहम् भुमिका खेल्दै आएकाे बताउँदै शिक्षामा याेगदान दिने काममा रहेकाे प्याब्सन र समाजमा सुचना प्रदान गर्दै आएकाे मिडिया बिच सुमधुर सम्बन्ध निरन्तर रहनु पर्ने बताउनुभयो । मित्रवत सम्बन्धले समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन सकिने हुँदा यसप्रकारका कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
साे अवसरमा बाेल्ने वक्ताहरुले प्याब्सनले नेपालकाे शिक्षा क्षेत्रमा पछिल्लो समय पुर्याएकाे याेगदानले समाज रुपान्तरणमा ठुलाे याेगदान पुगेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सन जिल्ला सल्लाहकार जीवनकुमार आचार्य, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्ताेष सुवेदीलगायतले बाेल्नु भएको थियाे । कार्यक्रमकाे सहजीकरण प्याब्सन जिल्ला सचिव आदिम केसीले गर्नुभएको थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।