• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यसकारण बन्यो सहिद कृष्णसेन इच्छुक ‘नमूना’ बहुप्राविधिक शिक्षालय




यसैबर्ष घोराहीमा स्थापना भएको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय नमूना बन्ने भएको छ । सिटिइभिटीले हरेक प्रदेशमा एक÷एक वटा प्राविधिक शिक्षालयलाई नमूना बनाउने कार्यक्रमअन्तर्गत प्रदेश ५ को नमूना शिक्षालयलाई यसैलाई बिनाउन निर्णय भएको शिक्षामन्त्रीका सल्लाहकार गौतमले जानकारी दिनुभयो ।

यो मान्यतासँगै शिक्षालयले सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक नमूना शिक्षालय नाम लेख्न पाउने भएको छ । योसँगै भौतिक पूर्वाधारका लागि पाँच करोड बजेट प्राप्त गरेको छ । ‘नमूना बनाउन तत्कालका लागि पाँच करोड बजेट उपलब्ध गराउने निर्णय गरिएको छ’– गौतमले भन्नुभयो– ‘यसअघि डेढ करोड बजेट आइसकेकाले अब साढे ६ करोड भौतिक संरचना निर्माणमा लाग्ने छ ।’

नमूना कार्यक्रम पाएसँगै शिक्षालयले आवश्यकताअनुसारका संकाय चलाउन पाउने छ । हाल शिक्षालयमा डिप्लोमा तहको वन विज्ञान र फूड एण्ड डेरी कार्यक्रम तथा ८ विधाका छोटो अवधिका कार्यक्रम सञ्चालन चलिरहेका छन् ।

यसकारण सेन नै नमूना

देशभरिका ४५ वटा आंगिक कलेजमध्ये सात वटालाई यो बर्ष नमूना घोषणा गरिएको छ । पाँच नम्बर प्रदेशभित्र रहेका नेपालगञ्ज, बुवटल, लालमटिया र रोल्पाका बहुप्राबिधिक शिक्षालयले पनि नमूना कार्यक्रमका लागि प्रस्ताव गरेका थिए । तर, सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालय भर्खरै स्थापना भएको, सहिदको सपनासँग जोडिएको र ठूलो दुर्घटनामा शिक्षक विद्यार्थीको क्षति भएकाले जतिसक्दो चाँडो माथि उठाउनुपर्ने आवश्यकता महसुस गरी सिटिइभिटीइका अध्यक्षसमेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले यसलाई नमूनाको रुपाम अघि बढाउन चासो दिनुभएको हो ।

‘सामान्यतः सबै शिक्षालयहरु नमूना छन् तर नमूना घोषणा गरेपछि भौतिक पूर्वाधार निर्माणका लागि पाँच करोड छुट्टै बजेट आउने र त्यो भर्खरै स्थापना भएको शिक्षालयमा राख्दा नै चाँडो भौतिक पूर्वाधार विकास गर्न सकिएला भनेर मन्त्रीज्यूले बढी चासो देखाएको हो’– सिटिइभिटी स्रोतले भन्यो– ‘त्योभन्दा बढी सहिदको नाममा स्थापित भएकाले उहाँले सहिद शिक्षालयले सहिदको सपना र परिवर्तन संस्थागत गर्ने अभिष्टसँगै जोडेरै नमूनाका लागि पहल गरेको देखिन्छ ।’

सहिदहरुका नाममा खासै संरचना नबनिरहेको बेला धेरैले आदर्श मान्ने सेनका नाममा शिक्षालय स्थापना गर्नु र र त्यो नै नमूना घोषणा गरेकोमा सरकारको प्रशंसा गरेका छन् । खासगरी पत्रकारिता र साहित्यिक क्षेत्रका अगुवाहरुले स्वागत गर्दै यसलाई नामको मात्र होइन वास्तवमै नमूना बनाउन सरकारलाई आग्रह गर्दै त्यसमा आफूहरुले साथ दिन तयार रहेको बताएका छन् ।

Facebook Comments