दाङ, पौष १५ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल बिकास संस्थाको दशौ बार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शंकर गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभाले एकान्त टोल बिकास संस्थाले पछिल्लो एक बर्षमा भए गरेका गतिबिधि र आगामी कार्यक्रमबारे समेटेर संस्थाका सचिव हेमराज शर्माले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरदकुमार आचार्यले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्व सहमतिले पारित गरेको छ ।
साधारणसभाले टोलमा रहेका अपुरा सडक कालोपत्रे र भिङ्रेली चोकदेखी पूर्वतर्फको सडकमा कालोपत्रे थप गरि स्तरउन्नतिको लागि घोराही उपमहानगरपालिकामा माग गर्ने,सडक बत्ति ब्यवस्थित र प्रभावकारी बनाउने, टोल सफासुग्घर राख्न नियमित सरसफाइको ब्यवस्थापन गर्ने, आवश्यक सहयोगकालागी टोलबासीसग वार्षिक रुपमा आर्थिक संकलन गर्ने लगायतका निर्णय गरेको छ ।
एकान्त टोल बिकास संस्थाका कार्य समिति सदस्य मिनराज लम्सालको स्वागत मन्तब्यबाट साधारणसभामा बुद्धिमणि पन्त, नारायण प्रसाद शर्मा, दामोदर खनाल, केशवराज पोख्रेल, कुमार वसन्त आचार्य, ॠषिराज अधिकारी, हेमराज अधिकारी, लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण टोल बिकास संस्थाका सचिव हेमराज शर्माले गर्नु भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।