• १९ बैशाख २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते




खुमबहादुर सुनार
लिवाङ, १५ पुस । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सल्यानबाट प्यूठानको स्वर्गदवारीतर्फ जाँदै गरेको रा ४ प ४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरीको पुरानो बजार नजिकै बिहीबार साझ दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका– १ दमाचौरमा बस्ने मोटरसाइकल चालक २९ वर्षीय नविन चन्द र पछाडि सवार २८ वर्षीय तिलक केसी रहेका छन् । घाइते दुवैलाई उद्धार गरी स्वास्थ्य केन्द्र होलेरीमा प्राथमिक उपचारपछि थप उपाचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

मोटरसाइकल अनियन्त्रित भई सडकदेखि १०० मिटर तल खसेको थियो । घाइते दुवैको टाउको र विभिन्न भागमा चोटपटक लागेको  प्रहरीले जनाएको हो ।

 

Facebook Comments