केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल आएको छ। पूर्वसम्भाव्यता अध्ययन भइसकेको आयोजनाको विस्तृत अध्ययन गर्न सोमबार चीनबाट विज्ञ टोली नेपाल आएको हो।
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले चिनियाँ विज्ञ र विभागसँगको समन्वयमा अध्ययन अगाडि बढाइने जानकारी दिए।
‘चिनियाँ रेलवे एक्सपर्टको टोली आज आइपुग्नुभएको छ’, चित्रकारले भने, ‘उहाँहरुले विभागसँग छलफल तथा समन्वय गरी काम अगाडि बढाउनुहुन्छ।’
प्रवक्ता चित्रकारले यसअघि नै अध्ययनको काम भइसकेको र थप अध्ययन हुने बताए। चिनियाँ टोलीले भौगोलिक भूबनोट, टनेलिङ, भूकम्पको जोखिम लगायतको विषयमा अध्ययन हुने चित्रकारले बताए।
बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत निर्माण गर्नेगरी नेपालले चीनसँग प्रस्ताव गरेको नौ विकास परियोजनामा केरुङ–काठमाडौ रेलमार्ग पनि एक हो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।