दाङ, ८ पुस । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) केन्द्रीय सदस्य तथा दाङजिल्ला इञ्चार्ज इञ्चार्ज समीरले वर्तमान राजनीतिक अबस्थाका बारेमा चर्चा गर्दै नेपाली बिद्यार्थीले अझैसम्म पनि सर्बसुलभ शिक्षा नपाएको बताएका छन् ।
अखिल (क्रान्तिकारी) दाङले आयोजनामा बिहीबार दाङमा भएको दोस्रो जिल्ला भेलामा बोल्दै उनले सो कुरा बताएका हुन् । उलने शिक्षामा दलालिकरण भएको शिक्षा सामान्य नागरिकको पहुँचमा नभएकोले तत्काल ब्यबहारिक ,बैज्ञानिक, जीवनउपयोगी शिक्षा लागू गराउन बिद्यार्थी आन्दोलन उठाउनुपर्ने र त्यसको नेतृत्व अखिल (क्रान्तिकारी)ले गर्नुपर्नेमा जोड दिए ।

अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक महेश श्रेष्ठले मन्तब्य दिदै नेपालको शिक्षा बेरोजगार उत्पादनगर्ने भट्टिमा रुपान्तरण भएकोले शिक्षित युवतीयुवाहरु दैनिक अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाहिरिन बाध्य रहेको बताए । उनले शिक्षा जनताको पहुँचमा नभएको शिक्षामा दलालिहरुको मुठ्ठीभित्र रहेकोले यो अबस्थामा आमुल परिवर्तनका लागि युवतीयुवाको सुन्दर भविष्य निर्माण गर्न अहम भुमिका निर्बाह गर्नुपर्ने एैतिहासिक जिम्मेवार यस कार्य समितिलाई आएको उद्घोष गरे ।

संगम केसीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा नब निर्बाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरेले बिद्यालय तथा जिल्लास्तरमा शैक्षिक सुधारका लागि यो कार्यसमितिले महत्त्वपूर्ण भुमिका खेल्न सकोस् र शैक्षिक सुधारका लागि गरिने सकारात्मक कामको नेतृत्व यहीँ कार्यसमितिले भुमिका खेल्न सकोस् भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।
अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष मनोज थापालेको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) केन्द्रीय सदस्य तथा दाङजिल्ला इञ्चार्ज इञ्चार्ज समीरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो भने कार्यक्रम सञ्चालन लक्ष्मी बिकले गरेकी थिइन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

