गोरखा ग्रुप दाङका अध्यक्षता तथा गोरखा बहुउद्देश्यीय सरकारी संस्था अध्यक्षका निवर्तमान अध्यक्ष मानबहादुर बुढाले सहकारी आर्थिक विकासको एक मेरुदण्डका रुपमा स्थापित हुदै गईरहेको बताउनुुभएको छ ।
बहुउद्देश्यीय सरकारी संस्थाको नवनिर्वाचित कार्य समितिको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुुभएका बुढाले सहकारीको मुख्य मर्म र कर्म नै सामाजिक आर्थिक रुपान्तरण रहेको बताउनुुभएको थियो । सहकारी विकासले आर्थिक सुुरक्षाको हिसाव राख्ने चेतना स्तर शहरदेखि गाउँसम्म बढाउदै लगेको उहाँको भनाई थियो । तर सहकारी संस्थाहरु बचत र ऋणमै सीमित बन्दै गइरहे पनि उद्देश्य अनुरुपका योजना हासिल गर्न नसकेको उहाँको धारणा थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य गिरिराज नेपालीले सहकारी विकासले आर्थिक चेतनाको स्तरको विकास बढाउदै लगे पनि सीपका आधारित उद्यमशिलताको विकास बढाउन नसकेको बताउनुुभएको थियो । सहकारी राष्ट्रको आर्थिक विकासको एक अङ्ग रहेपनि सहकारी संस्थाहरु सीमित योजना र लक्ष्यमा मात्रै तलिन बनिरहेको भनाइ राख्नुुभएको थियो ।
गोरखा बहुउद्देश्यीय सरकारी संस्था नवनिर्वाचित अध्यक्ष कमल कुुमाखीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान उपाध्यक्ष दिपेन्द्र पुन, सचिव जीतबहादुर घर्ती, लगायतकाले आफ्ना भनाई राख्नुुभएको थियो । संस्थाको नवनिर्वाचित उपाध्यक्ष सम्झना घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सरस्वता गौतमले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।