लुम्बिनीका प्रदेश पमुख अमिक शेरचनले लुम्बिनीले नयाँ ठाउँमा राजधानी तोकेर व्यवस्थित सहर बनाउने अवसर पाएको बताउनुभएको छ ।
दाङको देउखुरीमा प्रदेश राजधानी उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘संघीय राजधानी काठमाडौंसहित प्रायजसो प्रदेशका राजधानीमा व्यवस्थित बसोबास छैन’– उहाँले भन्नुभयो– ‘नेपालकै सुन्दर उपत्यका देउखुरीमा स्थापित प्रदेश राजधानीलाई जस्तो चाह्यो त्यस्तै बनाउने अवसर, प्रदेश सरकार र राजधानीबासी मिलेर सुन्दर र व्यवस्थिति सहर बनाउनुहोला ।’
राम्रो योजना पाए पूर्वाधार विकासमा दातृ निकायबाट पनि सहयोग पाउने संभावना रहेको औल्याउँदै उहाँले राजधानीबासीले अनियन्त्रित जग्गा प्लटिङ र चर्को मूल्यमा कारोवारलगायतका समस्या प्रदेशवासीले नै अन्त्य गर्नुपर्ने बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।