• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडियो बंगलाचुलीमा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण




घोराही, १९ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले रेडियो बंगलाचुलीमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघ दाङ शाखाका सचिव आरके शीतल र अध्यक्ष दुर्गालाल केसीले आज सोमबार संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै बंगलाचुलीको कमिरेचौर रहेको रेडियो बंगचालुली ९१.७ मेघाहार्जमा आज दिउँसो करिब १ः३० बजेतिर एक समूह रेडियो कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्ने, धाक धम्की दिने, कागजपत्र नियन्त्रणमा लिने जस्ता अशोभनीय कार्य गरेकोमा गम्भीर ध्यानाकर्षण जनाएका हुन् ।

प्रेस विज्ञप्ती

दाङको बंगलाचुली गाउँपालिका– ३ कमिरेचौर स्थित रेडियो बंगलाचुली ९१ दशमलब ७ मेगाहर्जमा आज २०७९ मंसिर १९ गते भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आज दिउँसो करिब १ः३० बजेतिर एक समूह रेडियो कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्ने, धाक धम्की दिने, कागजपत्र नियन्त्रणमा लिने जस्ता अशोभनीय कार्य गरेकोमा नेपाल पत्रकार महासंघ दाङ शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त समूह रेडियोको कार्यकक्षमा पुगि सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नुका साथै रेडियोमा तोडफोड गरेको, कार्यालयको आन्तरिक कागजपत्र च्यात्ने, सञ्चारकर्मीहरुलाई लछारपछार पार्ने कार्य गरेको रेडियो बंगलाचुलीले जनाएको छ । रेडियो माथि आक्रमण गरेपछि हाल रेडियोमा कार्यरत सञ्चारकर्मीहरुलाई मनोवैज्ञानिक रुपमा काम गर्न नसक्ने गरी मानसिक डर त्रास समेत उत्पन्न हुनुका साथै व्यक्तिगत असुरक्षा उत्पन्न भएको रेडियोले बताएको छ ।

सञ्चार माध्यम र उत्पादित समाचार तथा कार्यक्रममा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने, त्यसमा पनि चित्त नबुझे न्यायालयमा जाने बाटो हुँदाहुँदै सञ्चार माध्यममाथी नै हस्तक्षेप गर्नु निन्दनीय कार्य हो ।

सञ्चार माध्यम र पत्रकारलाई स्वतन्त्रपूर्वक काम गर्न नदिनु प्रेस स्वतन्त्रता बिरोधी कार्य हो । पत्रकार र सञ्चार माध्यमलाई काममा अवरोध गर्ने कार्य नगर्न चेतावनी दिंदै प्रेस स्वतन्त्रताको सम्मान गर्न हामी सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छौं ।

आर.के.शीतल                     दुर्गालाल केसी  सचिव                                       अध्यक्ष

Facebook Comments