दाङ, १८ मंसिर । राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर निवासी १३ वर्षीय अर्चना थारु र २२ वर्षीया कञ्चन थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डिएसपी रामप्रशाद घर्तीले जानकारी दिनुभएको छ ।
उनीहरु दुबै जना शनिबार दिउँसो १२ बजे नुहाउने क्रममा डुेबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएका उनीहरुको शब आइतबार बिहान ९ बजेपछि फेला परेको प्रहरीले बताएको छ । दुवै शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंज लगीएको प्रहरीले जानकारी दिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।