घोराही, १७ मंसिर । घोराहीमा सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुव्र्यवहार विरुद्ध प्रशिक्षण तालिम सम्पन्न भएको छ । मावन अधिकार सञ्चार प्रतिष्ठान, नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा शनिबार घोराहीमा रहेको होेटेल पौवामा उक्त तालिम सम्पन्न भएको हो ।
शुक्रबारदेखि शुरु भएको तालिम आज (शनिबार)सम्म चलेको थियो । तालिममा दाङ जिल्लाभरका विभिन्न मिडिया तथा सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता जनाएका थिए ।
दुई दिनसम्म चलेको उक्त तालिममा मुख्य प्रशिक्षकका रुपमा रहेका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने धम्की, हिंसा, दुव्र्यवहार र पत्रकारको अधिकार तथा प्रावधान लगायतका विषयहरुमा महत्त्वपूर्ण प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले दुई दिनसम्म भएको तालिमका बारेमा आफ्ना अनुभूति सुनाउदै धन्यवाद ज्ञापन व्यक्त गरेकी थिइन् ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धारा गौतम,मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपालका कार्यक्रम संयोजक कामना न्यौपानेको आतिथ्यता रहेको थियो सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सह- सचिव दिप्तिशिखा चौधरीले गरेकी थिइन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।