• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युरिया मिनरल ब्लकसम्बन्धी एकदिने स्थलगत तालिम सम्पन्न




निराजन सिर्पाली
रुकुम पुर्व, १५ मंसिर । सिस्ने गाउँपालिका वडा नम्बर ४ मा यूरिया मोलासेस मिनरल ब्लक ( UMMB ) एकदिने स्थलगत तालिम सम्पन्न भएको छ । सिस्ने गाउँपालिका पशु सेवा शाखा रुकुमकोट रुकुम पुर्वको आयोजनामा सुरु भएको तालिममा यूरिया मोलासेस मिनरल ब्लक ( UMMB )कसरी बनाउने भन्ने बारेमा पशु सेवा शाखा रुकुमकोट रुकुम पुर्वका प्रमुख भिमबहादुर झाक्री मगरले सिकाउनु भएको थियो साथै उहाँले यसले  बिशेष गरि खाएर उकाल्ने अथवा भित्र ४ ओटा पेट भएका ६ महिना माथिका पशुहरुलाई यो यूरिया मोलासेस मिनरल ब्लक ( UMMB ) खुवाउन मिल्ने बताउनुभएको छ ।

यसले घाँसको अभाव भएको समयमा र खासगरी हिउँदे सुख्खा याममा (पौषदेखि बैशाखसम्म) उग्राउने पशुहरु जस्तैःगाई, भैंसीतथा भेंडा बाख्राहरुलाई आहाराको कमी हुने गर्दछ।यस समयमा पराल, नल, छ्वाली, कुनौरो तथा ढोड जस्ता कम पौष्टिकतत्व हुने आहारा खुवाउने गरिन्छ जसमा पशुलाई आवश्यक पौष्टिकतत्वहरुको मात्रा एकदमै कम हुन्छ। यस्ता आहाराबाट पशुहरुमा दूध तथा मासुको उत्पादन घट्दछ।यस कमिलाई पूरा गर्न बैज्ञानिक रुपमा तयार गरिएको UMMB को प्रयोग गरी कृषकले बढी भन्दा बढी फाईदा लिन सकिने र युरिया मोलासेस मिनरल ब्लॉक चटाउनाले उग्राउने पशुहरुको पेटमा रहेको जीवाणुहरुका लागि आवश्यक थप शक्ति, प्रोटिन र खनिज लवण UMMB ले प्रदान गर्छ र फलस्वरुप यी जीवाणुहरुको संख्यामा व्यापक वृद्धि हुनुका साथै

जीवाणुहरुले रेशादार घाँसपात पचाउने इन्जाइम उत्पादन गर्दछन, जुन ईन्जाइमले सुख्खा घाँस पराल जस्ता आहारालाई सजिलै पचाउँछ र फलस्वरुप दूध र मासुको उत्पादन बढ्ने कुनै खास समय पछि पेटमा भएका जीवाणुहरु मर्छन् र आन्द्रामा पुग्छन् जहाँ यी जीवाणुहरु पचेर पशुलाई उच्च गुणस्तरको प्रोटिन तथा मिनरल उपलब्ध गराउँने। कृषकको पशुवस्तुमा गरेको अनुसन्धानबाट दैनिक २० देखि २५ प्रतिशत सम्म दूध उत्पादन बढेको र करिब १५ प्रतिशत सम्म चिल्ला पदार्थ बढ्ने मासुको हकमा पालिने पशु (भैंसी तथा खसी) को २१ प्रतिशतले शारीरिक वृद्धि भएको पाइएको छ ।       बाली नजाने वा ढिलो बाली जाने पशुमा बाँझोपना हटाई सन्तान उत्पादनमा उल्लेख्य वृद्धि हुने झाक्रिको भनाइ रहेको छ । साथै तालिममा सहभागी एक कृषक प्रकाश घर्ती ले यसरी वास्तविक कृषक पहिचान गरि कृषकलाई यस्ता किसिमको तालिम ले धेरै राहत हुने भएकाले सिस्ने गाउँपालिका पशु सेवा कार्यलय रुकुम पुर्व शाखालाई धन्यवाद दिनुभएको छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष दलराज घर्ती को उपस्थितिमा सुरु भएको तालिम मा २९ जना कृषक हरुको उपस्थिति रहेको थियो भने तालिम को सहजिकरण तथा समापन पशु सेवा शाखा रुकुमकोट रुकुम पुर्वका प्रमुख भिम बहादुर झाक्रि मगरले गर्नुभएको थियो ।

Facebook Comments