• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मौन अवधिमा सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग गरेकोप्रति आपत्ति




केही व्यक्तिहरुले विभिन्न लोकप्रिय सञ्चारमाध्यमहरुको मास्टर हेड प्रयोग गरेर निर्वाचनको मौन अवधिमा अनर्गल प्रचार गरिरहेको पाइएको छ ।

ती सञ्चार माध्यमहरुले छाप्दै नछापेको झुटो समाचारलाई इन्स्पेक्ट गरेर सत्ता गठबन्धनका विरुद्ध आफूअनुकुल समाचार बनाइ सामाजिक सञ्जालहरुमा सेयर गरेको पाइएको छ ।

यसलाई नेपाली कांग्रेसले निर्वाचनको मुखमा विपक्षीहरु हारको मानसिकतामा देखिन थालेको बताएको छ । गठबन्धनका विरुद्ध उनीहरु झुटो र भ्रामक प्रचारमा उत्रनु हारको मानसिकता भएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले त्यस्ता झुटा प्रचार र भ्रममा नगर्न अपिल गरे ।

लभउबतयउ
निर्वाचनको मौन अवधीमा एमाले निकटका ब्यक्तिहरुबाट विभिन्न लोकप्रिय सञ्चारमाध्यमको मास्टरहेड समेत दुरुपयोग गरेर अर्नगल प्रचारबाजी गरेको भन्दै महतले कडा आपत्ति जनाए ।

‘कांग्रेसले कुनै गोप्य सर्कुलर गरेको पनि छैन, गर्दा पनि गदैन, निर्वाचनको मौन अवधिमा विपक्षीबाट आएका यस्ता भ्रामक समाचारको पछि नलाग्न म आम मतदाता, पार्टीका कार्यकर्तालाई अपिल गर्न चाहन्छु । यसबारेमा पार्टीले छिट्टै विज्ञप्ती निकालेर खण्डन गर्नेछ, साझा पोष्टसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘यो विपक्षीहरुको हतास मानसिकता हो । उनीहरुको हारको मानसिकता हो । हामी गठबन्धनमा एकढिक्का छौं, कसैले भ्रमको खेती गरेर आत्मरतीमा नरमाए हुन्छ ।’

उनले आफूहरु गठबन्धनमा एक ढिक्का रहेको र यस्ता भ्रामक समाचारले प्रभाव नपार्ने भन्दै एक ढिक्का भएर गठबन्धनका उम्मेलवारलाई मतदान गर्न पनि अपिल गरे ।

Facebook Comments